Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

राजनीति

एमालेले कार्वाही सिफारिस गरेका वडाध्यक्षलाई मेयर हर्क साम्पाङको सम्मान

उद्‌घोष संवाददाता
२२ असार २०८२, आइतवार

विराटनगर । मेयर हर्क साम्पाङको श्रमदान अभियानमा सक्रिय सहभागिता जनाउँदै आएका धारन–४ का वडाध्यक्ष धनबहादुर राईलाई उनको दल एमालेले कार्वाही सिफारिस गरेपछि मेयरको टोलीले चाहिँ शनिबार सम्मान गरेको छ । 

धरान–१७ को पटनालीमा भैरहेको श्रमदानमा शनिबार वडाध्यक्ष राईलाई मेयरसहितको टोलीले सम्मान गरेको हो । 

२०७९ को स्थानीय चुनावमा एमालेबाट चुनाव जितेका राईलाई एमालेले भने कार्वाही सिफारिस गर्दै पदबाट हटाउन जिल्लामा सिफारिस गरेको छ । 

‘पार्टी र पार्टी नेतृत्वविरुद्ध पटक–पटक अभिव्यक्ति दिएको, पार्टी सम्पर्कमा नआएको’ भन्दै वडा कमिटीबाट कारबाहीको लागि आएको सिफारिशलाई उपमहानगर कमिटीले पनि सदर गर्दै जिल्लामा सिफारिश गरेको एमाले धरानले जनाएको छ ।

एमाले धरानका अध्यक्ष हर्कजङ एभेङका अनुसार वडाअध्यक्ष राईले एमाले पार्टीको वडा कमिटिसँग सम्पर्कमा नआउने, पार्टीको कार्यक्रममा नआउने र पार्टी, पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिइरहने गरेकोले कारबाही सिफारिश भएको हो । 

उनले भने, ‘वडाबाट कारबाहीको सिफारिश आएको हो, हामीले पनि टिप्पणी उठाएर माथि जिल्लामा पठाएका हौं ।’ जेठ २५ गतेको बैठकले नै निर्णय गरेर सिफारिस गरिएको पनि अध्यक्ष एभेङले बताए । 

वडाअध्यक्ष राई हाल एमालेको संगठित सदस्य मात्र छन् । जिल्लाले प्रदेशमा सिफारिस गर्ने एमालेले जनाएको छ ।

View : 441

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved