विराटनगर । मोरङको ग्रामथान–१ स्थित वीरेन्द्र मावि पूर्व थारू विद्यार्थी समाजको सहकार्य एवं ग्रामथान–१ लखन्तरीको आयोजनामा हाजिरीजवाफ तथा खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ ।
७४औं प्रजातन्त्र दिवसको अवसर पारेर सोमबार गरिएको दौड लखन्तरी रबीहाट चोकबाट शुरु भई पिडारबनीसम्म फन्को लगाई सम्पन्न गरिएको थियो । पुरुष तर्फको तीन हजार मिटरको सो दौड प्रतियोगितामा बुढीगंगा गाउँपालिका–५ का सञ्जु सरदार प्रथम, बुढीगंगा–५ का दीपक सरदार दोस्रो र ग्रामथान–६ का रबी विक तेस्रो भए ।
त्यस्तै महिलातर्फको एक हजार मिटर दौड प्रतियोगितामा बुद्ध अंग्रजी बोर्डिङ स्कुल ग्रामथानकी सुबिना बस्नेत प्रथम, बुढीगंगा–६ की सुजिता माझी दोस्रो र वाणी सेकेण्डरी स्कुल अध्ययनरत ग्रामथान–३ की सदीक्षा माझी तेस्रो भइन् ।
त्यसैगरी ग्रामथान गाउँपालिकास्तरीय खुला हाजिरीजवाफ प्रतियोगितामा सरस्वती मावि झोराहाट प्रथम, वीरेन्द्र मावि लखन्तरी दोस्रो र शारदा बोर्डिङ स्कुल झोराहाट तृतीय र पशुपति बोर्डिङ स्कुल नेताचोकले चौथो भएको थारू विद्यार्थी समाजका सदस्य सञ्जीव चौधरीले जानकारी दिए ।
कार्यक्रममा दौडमा विजयी खेलाडी तथा हाजिरीजवाफमा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा ग्रामथान–१ का वडाध्यक्ष सुरेशकुमार माझी, उद्घोषका स्तम्भकार राजेशकुमार सरदार, वीरेन्द्र माविका प्रअ मनोज रम्तेल, ग्रामथान–१ का वडा सदस्यहरु सञ्जय माझी र आनन्द सरदार थारु, वीरेन्द्र माविका पूर्व थारू विद्यार्थी समाजका अध्यक्ष राजीव चौधरी लगायतको उपस्थिति थियो ।
View : 211
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved