इलाम–२ उपनिर्वाचन
विराटनगर । इलाम क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इलाम जिल्ला कमिटीले धिरेन शर्माको नाम सिफारिस गरेको छ । तर माओवादी केन्द्रका इलाम कुशल लिम्बुले भने माओवादी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुको पक्षपोषण गर्दै फोटोसहितको शुभकामना दिएका छन् ।
माओवादी केन्द्रले लामो छलफलपछि प्रदेश कमिटीबाट सिफारिस भएका चारजना मध्ये शर्मा सर्वसम्मत उम्मेद्दवार घोषणा भएका हुन् । माओवादी केन्द्रले इलाममा आफ्नै पार्टीको उम्मेदवार र चुनाव चिन्हमा मतदान गर्न पाउनु पर्ने बताउँदै आएका छन् । तर तर जिल्ला इन्चार्ज लिम्बुले नै मिलनको नाम लिएर पार्टी अलग भएपनि प्रगतिको शुभकामना भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
निर्वाचनको मुखमा लिम्बुले आफ्नो पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने उदेश्यले अर्को पार्टीबाट उम्मेदवार बनेका व्यक्तिलाई शुभकामना दिएपछि माओवादी केन्द्रभिक्रै असन्तुष्टि बढेको छ ।
अखिल त्रान्तिकारीका इलाम अध्यक्ष नयन बान्तवाले लिम्बुको पोष्टप्रति असन्तुष्टि जनाएका छन् । उनले पार्टीले संचालन गरेको चार महिने अभियानको समेत नेतृत्व गरेका लिम्बुले लिम्बुमाथि नैतिकताको प्रश्न उठाएका छन् । पार्टी प्रणाली र आन्दोलनलाई अवमूल्यन हुने गरी प्रस्तुत भएको टिप्पणी गरेका छन् ।
बान्तवा लगायत इलामका धेरै स्थानीय नेता कार्यकर्ताहरुले समेत पार्टीको आधिकारिक उम्मेद्दवार घोषणा भइसकेको अवस्थामा जिल्ला इन्चार्जले रास्वपाका उम्मेद्दवारलाई फोटोसहित शुभकामना दिनुलाई बैमानीको संज्ञा दिएका छन् ।
मिलन लिम्बु यसअघि माओवादी केन्द्र निकट प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष थिए । उनले माओवादी छाडेर स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका थिए । उनीप्रति माओवादीका केही नेता कार्यकर्ता भने नरम देखिएका हुन् । चुनाव जितेभन्दा पनि हारे भने थप जनमतसहित माओवादीमै फर्किन सक्ने तर्क उनीहरुको छ ।
लिम्बुलाई रास्वपाले अन्तिममा साथ दिएपछि घण्टी चुनाव चिन्हबाट इलाम–२ मा चुनाव लड्दैछन् ।
माओवादी जिल्ला कमिटी इलामले भने चैत १३ मा केन्द्रीय सदस्य शर्मासहित प्रदेश कमिटी सदस्यहरू उर्मिला तामाङ, अनिल बराइली र ओम गुरुङको नाम उम्मेदवारको रूपमा प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।
इलाम २ मा नेकपा (एमाले) ले भने स्व. सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाइसकेको छ । सुहाङ अहिले घरदैलो अभियान समेत जुटिसकेका छन् ।
इलाम २ मा पहिचानवादीका तर्फबाट डकेन्द्रसिंह थेगिम, राप्रपाबाट लक्ष्मी गुरुङ र एकीकृत समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनिसकेका छन् ।
नेपाली कांग्रेसबाट उम्मेदवारको आकांक्षी रहेका महासमिति सदस्य भेषराज आचार्य, पूर्व सांसद केशव थापा, जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, नेता रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम सिफारिस गरेको छ ।
कांग्रेसले उनीहरु मध्येबाट एकजनाको नाम टुंगो लगाउन बाँकी रहेको छ ।
View : 191
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved