Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

उद्योग संगठनको नयाँ कार्यसमितिले सार्वजनिक गर्यो दुई वर्षे रणनीतिक कार्ययोजना

उद्‌घोष संवाददाता
१३ असार २०८२, शुक्रवार

विराटनगर । उद्योग संगठन मोरङको दुई बर्षे कार्यकालका लागि नवनिर्वाचित नेतृत्वले पाँच बुँदे रणनीतिक कार्ययोजना सार्वजनिक गरेको छ । बिहीबार विराटनगरमा नवनिर्वाचित अध्यक्ष नन्दकिशोर राठी नेतृत्वको कार्यसमितिले रणनीतिक कार्ययोजना सार्वजनिक गरेको हो । 

अध्यक्ष राठी संगठनको ५२ औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका थिए । 

उनले मुलुकको औद्योगिक वातावरणलाई थप सुदृढ बनाउँदै औद्योगिकीकरणको प्रवद्र्धन गर्ने, उद्यमशीलताको विकास गर्ने र नीति वकालतलाई सशक्त पार्ने नेतृत्वदायी संस्थाका रूपमा संगठनलाई उभ्याउने प्रतिवद्धता जनाए । 

उनले २०८२–८४ को दुई बर्षे कार्यकालमा मुलुकको औद्योगिक क्षेत्र फस्टाउने वातावरण निर्माण गर्न सरकारसमक्ष आग्रह गरे । 

औद्योगिक वातावरण बनेमात्रै उद्योग व्यवसाय सशक्त हुने, व्यावसायिक सहकार्य बलियो बन्ने र दिगो आर्थिक विकासको आकांक्षा पूरा हुने उनले बताए । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत उद्योगी व्यवसायीहरू, राजनीतिक दलका नेता लगायतको उपस्थितिमा उनले दुई बर्षे रणनीतिक कार्ययोजना प्रस्तुत गरे ।

अध्यक्ष राठीले लगानीको वातावरण निर्माण गर्न र सहज बनाउन नीति निर्माणमा पहल गर्ने, व्यवसाय प्रवद्र्धनका लागि आवश्यक सेवा प्रदान गर्ने र उद्यमशीलताको विकास, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने प्रमुख प्राथमिकता तय गरेको  अध्यक्ष राठीले जानकारी दिए ।

नवनिर्वाचित कार्यसमितिले अघि सारेको दुईबर्षे रणनीतिक कार्ययोजनाले कोशी प्रदेशको उद्योग व्यवसाय क्षेत्रलाई अझ स्मार्ट बनाउने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए । 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले नीति क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकारले समेत आवश्यक सहयोग गरिरहेको र लगानी प्रवद्र्धनमा सहकार्य गर्दै आएको बताए ।

View : 509

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved