विराटनगर । पेट्रोलियम डिलर्स एसोसिएसन कोशी प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ ।
गत शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा सन्तोषप्रसाद धिताल निर्वाचित भएका छन् ।
त्यस्तै प्रथम उपाध्यक्षमा महेन्द्रकुमार अग्रवाल, द्वितीय उपाध्यक्षमा मनीष मारु, महासचिवमा रुद्र कार्की, सचिवमा राजनकुमार तिम्सिना, कोषाध्यक्षमा ललितकुमार अग्रवाल तथा सम्पर्क सचिवमा मिंग्मा शेर्पा निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरूमा नन्दकुमार सरदार, विजय भगत, मुकेश सारडा, निर्मल श्रेष्ठ, सुशीलकुमार रौनियार, नितम कार्की, कृष्णकुमार अटल, चन्द्रशेखर सुवेदी, मिलन रौनियार र विजय शाह चयन भएका छन् ।
निर्वाचनमा अधिकांश पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता सुजीतकुमार चेलले जानकारी दिएका छन् ।
View : 106
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved