विराटनगर । गीतकार नारायण खतिवडाको तीज गीत सार्वजनिक भएको छ । नेपाली महिलाहरूले मनाउने हरितालिका तीजको छुट्टै मौलिक विशेषता रहेको छ । तर, आजभोलि त्यस्तो महान पर्वलाई मनाउने सन्दर्भमा फजुल खर्च, देखासिकी, नक्कल गर्ने र तडकभडकमा रमाउने प्रवृत्ति मौलाएको भन्दै गीतमा व्यंग्य गरिएको छ ।
सीमित आमा दिदीबहिनीहरूका कारणले मात्रै तीजको मौलिकता बचेको अवस्थालाई कतै व्यंग्यात्मक शैली त कतै चेतनामूलक सन्देश भिडियोमार्फत दिइएको छ ।
नेपाली समाजमा मनाइने विभिन्न चाडपर्वहरूको मौलिकता हराउँदै गएको समाजको वर्तमान अवस्थालाई चिरफार गरिएको छ ।
भिडियोको निर्देशन गीतकार खतिवडा आफैंले गरेका छन् । सो गीतमा सहारा कोइराला, रञ्जु मिश्र, विदेश मार्शल लगायतको अभिनय रहेको छ ।
गीतको छायांकन अर्जुन कटुवालले गरेका हुन् भने सम्पादन विकास धमलाको रहेको सो गीतको कोरियोग्राफी सञ्जिला सुमित्राको रहेको छ ।
गीतको भिडियो नमस्ते नेपाल डिजिटल स्टुडियोबाट युट्युबसहित प्रमुख अन्तर्राष्ट्रिय प्लेटफर्ममा सार्वजनिक गरिएको छ । खतिवडाका यसअघि थुप्रै गीतहरु बजारमा आइसकेका छन् ।
View : 535
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved