Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

गुरुकुलमा शुक्रबारदखि ‘सत्य हरिश्चन्द्र’

उद्घोष सम्वाददाता
२३ चैत २०८०, शुक्रवार

विराटनगर । शुक्रबारदेखि आरोहण गुरुकुल विराटनगरमा ‘सत्य हरिश्चन्द्र’ नाटक मञ्चन हुने भएको छ ।

सुशीला कोइराला नाटकघरमा गुरुकुलले चैत ३० गतेसम्म नाटक मञ्चन गर्न लागेको हो । आधुनिक हिन्दी साहित्यका पिता मानिने भारतेन्दु हरिश्चन्द्रले लेखेको नाटकलाई केदार सत्यालले नेपालीमा भावानुवाद गरेका हुन् ।

सन् १८७६ मा भारतमा पहिलो पटक प्रकाशित भएको यो नाटकमा सूर्यवंशी सत्यवादी राजा हरिश्चन्द्रको कथा छ । नाटकको मूल विषय  राजा हरिश्चन्द्रको इमान्दारिता र सत्यको परिक्षा हो ।

नाटकमा रविन चिमरिया, सविन भट्टराई, सागर विश्वास, प्रदिप दाहाल, दीक्षा चौधरी लगायतको अभिनय छ । दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन गरिने गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

View : 254

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved