Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

तीन जिल्लाबाट ब्राउन सुगर सहित १३ पक्राउ

उद्‌घोष सम्वाददाता
२० साउन २०८१, आइतवार

विराटनगर । मोरङ, सुनसरी र झापा जिल्लाका बिभिन्न स्थानहरूबाट लागुऔषध सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

शनिबार राती झापाको इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ का ३२ वर्षीय बिजय मगर, ३७ वर्षीय बिदुर मगर, मेचिनगर नगरपालिका–९ का ४५ वर्षीय शेरबहादुर लिम्बू र माई नगरपालिका–२ इलामका ३० वर्षीय रुपेश ढुंङ्गानालाई १ ग्राम ५४० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चुलाचुली गाउँपालिका–३ इलाम घर भई दमक नगरपालिका–५ मा डेरा गरी बस्दै आएका २६ वर्षीय अगम राई र कमल गाउँपालिका–५ का ३६ वर्षीय जीवन लिम्बूलाई ५ ग्राम ब्राउनसुगर र नगद २९ हजार ४५० रुपैयाँसहित पक्राउ गरेको हो ।

यस्तै लागुऔषध नियन्त्रण ब्युरो कांकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका–९ का २६ वर्षीय अजय धिमाललाई १ ग्राम ब्राउनसुगर सहित र मेचीपुल बिटबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ बाट ५५० मिलिग्राम ब्राउन सुगर सहित इलाम चुलाचुली–३ का २८ बर्षीय विवेक राईलाई पक्राउ गरेको हो ।

त्यसैगरी मोरङको पथरी शनिश्चरे नगरपालिका–१० मा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोटरसाइकलमा सवार रहेका चालक रंगेली नगरपालिका–७ का २४ वर्षीय अबय शाह र सुनबर्षी नगरपालिका–७ का १९ वर्षीय हयात अलीलाई ७ ग्राम १७ मिलीग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

यस्तै कानेपोखरी गाउँपालिका–२ बाट भारतीय नम्बरको मोटरसाइकलमा सवार भारत अररियाका २१ वर्षीय मो. इसराख गमिरलाई ४ ग्राम ९५ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका–९ बाट स्थानीय २७ वर्षीय विशाल राईलाई ८३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । 

सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उप–महानगरपालिका–८ मा बेवारिसे अवस्थामा ट्रामाडोल ९ हजार १०० क्याप्सुल बरामद गरेको छ ।

View : 131

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved