Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

महानगर योग दर्पणको विमोचन

उद्‌घोष संवाददाता
१ भदौ २०८२, आइतवार

Advertisement

विराटनगर ।  पतञ्जली योग महानगर समिति विराटनगरले ‘महानगर योग दर्पण’ स्मारिका विमोचन  गरेको छ । कोशी प्रदेशसभाका सदस्य तथा विराटनगर महानगरमा पूर्व मेयर भीम पराजुली, विराटनगर–१ का वडाध्यक्ष काजी बस्नेत, १९, का अध्यक्ष श्याम घिमिरे, आयोजक पतञ्जली योग महानगर समितिकी अध्यक्ष शिल्पा प्याकुरेल, पतञ्जली कोशी प्रदेश महामन्त्री लक्ष्मी काफ्ले, मोरङ अध्यक्ष सुरेश अग्रवाल लगायतलसो स्मारिका विमोचन गरेका हुन् ।

स्मारिकामा महानगर समितिले आफ्नो कार्यकालमा गरेका कामहरु तथा योग शिक्षकहरु, योग साधना केन्द्रहरु, विराटनगरमा पतञ्जली गरेको योगको इतिहास उल्लेख छ ।

विमोचन समारोहमा साहित्कार हरि कट्टेलले विराटनगरमा योगको बारे जानकारी प्राप्त गर्नका लागि विराटनगर एक ऐतिहासिक दस्तावेज रहेको बताए । स्मारिकामा २४ जनाको लेख रहेको आयोजक पतञ्जली योग महानगर समिति विराटनगरका महासचिव पह्लाद दङ्गालले बताए । 
 

View : 673

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved