Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

साहित्यकार परशु प्रधानको योगदानको चर्चा

उद्‌घोष संवाददाता
१८ चैत २०८०, आइतवार

Advertisement

विराटनगर । नेपाल भाषा साहित्य र राष्ट्रसेवामा वरिष्ठ साहित्यकार परशु फ्रधानको योगदान अतुलनीय रहेको एक कार्यक्रमका वत्ताहरूले बताएका छन् । 

विराट साहित्य संगमको संयोजनमा शनिबार डेढ दर्जनभन्दा बढी संघसंस्थाले संयुक्त रुपमा विराटनगरमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्ने वक्ताहरूले प्रधानले साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरेका हुन् । 

कार्यक्रममा अग्रज साहित्यकार एवं पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले परशु प्रधानले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पुर्‍याएको चर्चा गरे ।  स्वर्गीय प्रधानले वाणी प्रकाशन स्थापना गरेर विराटनगरलाई साहित्यिक केन्द्र बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो । 

नागरिक समाजका अगुवा दिनेश श्रेष्ठले एकतन्त्रीय पञ्चायत शासनकालमा पनि प्रधानले आˆना लेखनमार्फत पञ्चायत शासनमा हुने भ्रष्टाचार, नेता र कर्मचारीका प्रवृक्तिलगायतलाई सशत्त रुपमा उठाउनु सामान्य कुरा नभएको टिप्पणी गरे ।

सो अवसरमा प्राध्यापक कविराज न्यौपाने, उपभोक्तावादी नेता कृष्णप्रसाद भण्डारी मार्सेली, अग्रज साहित्यकार मधु पोखरेल, रामबाबु दाहाल, समाजसेवी बाबुराम न्यौपाने, पत्रकार मीनकुमार नवोदित, देवी पन्थी लगायतले  परशु प्रधान कुशल साहित्यकार, सम्पादक, संगठक भएको बताएका थिए ।

श्रद्धाञ्जलीसभामा परोपकार अभियान समूह, पूर्वाञ्चल साहित्य प्रतिष्ठान, खोटाङ सामुदायिक सेवा मञ्च, बबरसिंह देवकुमारी थापा पुरस्कार गुठी, इन्द्रमोहन श्रेष्ठ स्मृति गुठी, नेपाल मुक्तक प्रतिष्ठान, कोशी, नेपाली लेखक संघ, नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान, कृष्णभूषण बल स्मृति प्रतिष्ठान, नगेन्द्रप्रसाद आशालता रिजाल स्मृति प्रतिष्ठान, आरोहण गुरुकुल, लगायत डेढ दर्जनभन्दा बढी संस्था आयोजकका रुपमा सहभागी भएका थिए ।

View : 542

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved