Biratnagar, Morang, Nepal
३ असोज २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

मलाया रोडमा दुर्घटना अपडेट :

छाडा छोडिएको भैंसीमा ठोक्किएर चार सवारी साधन दुर्घटना, पाँच घाइते (नामसहित)

उद्घोष सम्वाददाता
१ असोज २०८१, मङ्गलवार

Advertisement

विराटनगर । विराटनगर–१४ स्थित मलाया रोडमा मंगलबार बेलुका भैसीसँग ठोक्किएर दुई वटा मोटरसाइकल, एउटा जीप र एउटा कार दुर्घटना हुँदा पाँच घाइते भएका छन् ।

प्रहरीका अनुसार सडक पार गर्दै गरेको छाडा भैसीसँग जीप ठोक्किएको थियो । सडकमा लडेको भैंसीमा ठोक्किएर कार र दुई वटा मोटरसाइकल पनि दुर्घटना भएका हुन् ।

को २५ प ६३८७ नम्बरको मोटरसाइकलमा सवार विराटनगर–१८ का देवानन्द यादव र उनकी श्रीमती अनिताराजलक्ष्मी यादव घाइते छन् ।

को ११ प २९०९ मोटरसाइकलमा सवार राज गुप्ता, बा २९ च २६१८ नम्बरको कारमा सवार विराटनगर–९ ट्राफिक चोकका मो हलिम र रिचा जैन घाइते छन् ।

घाइते सवैलाई न्यूरो अस्पताल लगिएकोमा हलिम र जैनको सामान्य उपचारपछि डिस्चार्ज भएको जनाइएको छ । मोटरसाइकलमा सवार रहेका बाँकी तीन जना घाइतेहरुको उपचार भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

View : 1163

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved