विराटनगर : विराटनगर महानगरपालिकामा कार्यरत पाँचजना महिला स्वास्थ्य स्वयंसेविकाहरुको एक कार्यक्रमका बीच बिदाई गरिएको छ ।
विदाई हुनेहरुमा वडा नं. १ की सीता अधिकारी भट्टराई, वडा नं. ३ की भेषकुमारी भट्टराई, वडा नं. ५ की रमा ओझा दाहाल, वडा नं ८ की रीता घिमिरे, वडा नं. ११ की तुलसा भट्टराई र वडा नं. १५ की उर्मिला खत्वे हुन् ।
महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, स्वास्थ्य महाशाखा प्रमुख हैदर अली लगायतले उनीहरुलाई बिदाई गरेका हुन् ।
महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगद प्रोत्साहनसहित बिदाई गरेको जनाएको छ ।
View : 302
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved