Biratnagar, Morang, Nepal
२३ पुष २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

बहिराको १८ औं वनभोज

उद्‌घोष सम्वाददाता
२१ पुष २०८१, आइतवार

सुनसरी । सुन्न र बोल्न नसक्ने बहिराले मनोरञ्जन र संस्कृति आदान प्रदानका लागि वर्सेनि वनभोज गरेर रमाइलो गर्दै आएका छन् । 

कोशी बहिरा संघले धरानको हरियाली पार्कमा शनिबार १८ औं वनभोज गरेको छ । संघसँगै बहिरा हित तथा संरक्षण समाज इनरुवा सुनसरीले सातौं वनभोज संयुक्त रुपमा गरेको छ । 

सबैतिरका बहिराहरुको भेटघाट हुने र मनोरञ्जन पनि गर्न पाइने भएकाले १८ वर्षदेखि वनभोज गर्दै आएको कोशी बहिरा संघका अध्यक्ष जीवन दाहालले सांकेतिक भाषामा बताए ।

संघका सल्लाहकार तथा बहिरा क्रिकेट संघका केन्द्रीय अध्यक्ष मोहन तिवारीका अनुसार श्रमसमेत गर्न नपाएर बेरोजगार बसेका बहिरा युवाहरुका समस्या बुझ्नका लागि पनि यस्तो कार्यक्रम गर्ने गरिएको छ । 
कोशी प्रदेशमा १० वटा जिल्लामा बहिरा संघ छन् । संघमार्फत उनीहरुको समस्या पहिल्याउने गरिन्छ ।

संघका सचिव हिमाल गुरागाईँका अनुसार सीप जानेको भए पनि रोजगारी नपाउने भएकाले बहिराहरुले उद्योगमा मजदुरी गर्नु परेको जानकारी दिए । 

एउटा सीप सिकेको भए पनि अर्कै काम गर्नु पर्ने बाध्यता रहेको उनको भनाइ छ । 

खेलकुद, नृत्य, सांकेतिक गतिबिधि गरेर कार्यक्रम सम्पन्न गरिएको दोभाषे सन्तोषी घिमिरेले बताइन् ।

View : 27

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved