Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

सहरी सडक योजना तथा व्यवस्थापन सम्बन्धी एसक्याफ नेपालको चारदिने तालिम विराटनगरमा सुरु

उद्‌घोष संवाददाता
८ असार २०८३, सोमवार

Advertisement

विराटनगर । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स (एसक्याफ) नेपालको आयोजनामा सहरी सडक योजना तथा व्यवस्थापन विषयक चारदिने तालिम आइतबार विराटनगरमा सुरु भएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा नेपालको परामर्श, निर्माण क्षेत्र तथा सम्बन्धित सरकारी विभाग र मन्त्रालयअन्तर्गतका परियोजनाका सरोकारवाला निकायको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सुरु गरेको एसक्याफले जनाएको छ ।

कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले उद्घाटन गरेको तालिम बुधबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्राडा पद्मबहादुर शाही, नेपाल इन्जिनियर्स एसोसिएसन कोशी प्रदेशका अध्यक्ष इन्जिनियर जगरनाथ शाह, पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ अध्ययन विद्यालयका निर्देशक प्रा। डा। धर्मेन्द्र सिंह तथा नेपाल निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष जनसेवक भण्डारीको विशेष उपस्थिति रहेको एसक्याफ नेपालले जनाएको छ ।

तालिममा प्रदेश तथा स्थानीय तहका सरकारी कार्यालयका प्रतिनिधि, सहरी विकास तथा भवन निर्माण विभाग र सडक विभागजस्ता संघीय सरकारी निकायका पदाधिकारी तथा विभिन्न नगरपालिकाका कार्यपालिका कार्यालयका प्रतिनिधिहरू सहभागी छन् ।

यसका साथै इन्जिनियरिङ अध्ययन संस्थानलगायतका इन्जिनियरिङ कलेज तथा विश्वविद्यालयका प्राध्यापक र शैक्षिक विज्ञहरूको पनि सहभागिता रहेको छ ।

त्यस्तै, इन्जिनियरिङ परामर्शदाता, निर्माण व्यवसायी तथा नेपाल इन्जिनियर्स एसोसिएसन कोशी प्रदेशजस्ता व्यावसायिक संस्थाका प्रतिनिधिहरूले समेत तालिममा सहभागिता जनाएका एसक्याफ नेपालले जनाएको छ ।

सरकारी निकाय, शैक्षिक क्षेत्र तथा निजी क्षेत्रबाट आएका विविध पृष्ठभूमिका सहभागीहरूको उपस्थितिले सिकाइ तथा अनुभव आदान–प्रदानको वातावरणलाई अझ समृद्ध र प्रभावकारी बनाएको आयोजकले जनाएको छ ।

View : 190

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved