Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

मेघाले जितिन् ‘मिसेस पूर्बेली आइकन’

उद्‌घोष संवाददाता
२८ असोज २०८२, मङ्गलवार

सुन्दरहरैंचा । कोशी प्रदेशका विवाहित महिलाहरूको व्यक्तित्व विकास र सशक्तीकरणको उद्देश्यले आयोजित ‘मिसेस पूर्बेली आइकन’ दोस्रो संस्करणको उपाधि इटहरीकी मेघा खड्काले जितेकी छन् । 

खड्काले मुख्य उपाधिका साथै ‘मिसेस ग्लामर’को सबटाइटल पनि हात पारिन् । 

विजेता भएसँगै उनले १ लाख बराबरको पुरस्कारसमेत प्राप्त गरेकी छन् । 

त्यसैगरी प्रतियोगितामा कबिना पोखरेल फस्ट रनरअप बन्दै उनले ‘पब्लिक च्वाइस’को उपाधि पनि जितिन् । 

उर्मिला मगर सेकेन्ड रनरअपको स्थानमा रहिन् भने उनलाई ‘मिसेस पर्सनालिटी’को सबटाइटल पनि प्रदान गरियो । 

चौथो स्थान अर्थात् थर्ड रनरअपको उपाधि सीता पुरीले जितिन् । रईशा चौधरीले ‘अर्गनाइजर च्वाइस’ को अवार्ड हात पारिन् ।

विजेता र रनर अपबाहेक सबटाइटलतर्फ रईशा चौधरीले ‘मिसेस बेस्ट वाक’ र ‘ब्युटी विथ पपर्स’ गरी अर्गनाइजर सँगै तीनवटा उपाधि जितिन् । 

अन्य सबटाइटल विजेताहरूमा अर्चना सिटौला ‘मिसेस फ्रेन्डसिप’, सीता पुरी ‘मिसेस ट्यालेन्ट’, समिता राई ‘मिसेस इन्टेलेक्चुअल’, आयुषा कुँवर ‘मिसेस हस्पिटालिटी’, सीमा लकान्द्री ‘बेस्ट ट्रान्सफर्मेसन’, परीना राई ‘मिसेस फोटोजेनिक’ र सिर्जना लिम्बू ‘मिसेस डिसिप्लिन’ रहेका छन् ।

ओपन स्पेस प्रालिद्वारा आयोजित सो प्रतियोगिताको ग्रान्ड फिनालेमा एनटीभी इटहरी प्रमुख बसन्त रुपाखेती, ‘म्यान अफ द वल्र्ड २०२५’का प्रकाश चौहान, ‘मिस इटहरी २०२२’ डीना कटवाल र ‘मिस नेपाल आइडल २०१८’की मेरीना तुम्सा लिम्बू निर्णायक रहेका थिए ।

View : 310

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved