बेलबारी : मोरङको बेलबारीबाट कोशी प्रदेश प्रहरी अस्पताल रातारात सुनसरीको इनरुवामा सारिएको विषयलाई लिएर उद्योग वाणिज्य संघ बेलबारीले विरोध जनाएको छ । संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै बेलबारीमा अस्पताल पुनर्स्थापना गर्ने माग गरेको छ ।
१५ शय्याको अस्पताल सञ्चालनमा आएको ९ महिनापछि मंगलबार मध्यराती स्थानीय पालिकासँग कुनै समन्वय र सल्लाह नगरी इनरुवामा सारिएपछि जनप्रतिनिधि तथा राजनीतिक दलहरूले विरोध जनाउँदै आएका छन् । जनप्रतिनिधि तथा राजनीतिक दलले गरेको विरोधप्रति उनीहरूले एकबद्धता जनाएका छन् ।
बेलबारीबाट प्रहरी अस्पताल सारिएको विरोधमा शुक्रवार दिउँसो १ बजे बेलबारी बजारमा स्थानीय राजनैतिक दलहरूको उपस्थितिमा दबाबमूलक कार्यक्रम राखिएको उद्योग वाणिज्य संघ बेलबारीका अध्यक्ष अशोक श्रेष्ठले बताए ।
View : 247
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved