भोजपुर, २६ असार । अविरल वर्षाका कारण टेम्केमैयुङ गाउँपालिका–३ मेस्पाङामा सडक भासिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–चखेवा सडक खण्डको मेस्पाङमा करिब ६० मिटर सडक भासिएको हो ।
कालोपत्र गरिएको सडक भासिएपछि यातायात अवरुद्ध भएको टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन् । उक्त स्थानमा बुधबार बिहान सडक भासिएको जनाइएको छ ।
“वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ”, उपाध्यक्ष राईले भनिन् “सडकमा ठूलो क्षति भएको छ, यसरी नै निरन्तर वर्षा भयो भने अझ बढी क्षति हुनसक्छ ।”
View : 170
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved