Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

बालिका बलात्कार गर्ने तीन जना पुर्पक्षमा

उद्‌घोष संवाददाता
१ भदौ २०८२, आइतवार

सांकेतिक तस्वीर ।

संखुवासभा । संखुवासभामा बालिका बलात्कार गर्ने तीन जनालाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ । बिभिन्न घटनामा १३ र १६ वर्षका तीन बालिका पीडित छन् । 

मकालु गाउँपालिका ३ हेदाङ्नास्थित मानेडाँडाका ३७ वर्षीय धनबहादुर गजमेरले गत वैशाखमा स्थानीय १६ वर्षीया एक बालिकालाई बलात्कार गरेको जाहेरीका आधारमा साउन ८ गते उनलाई प्रहरीले पक्राउ गरेको थियो । 

घरबाट पसलतर्फ जाँदै गरेकी बालिकालाई आरोपी गजमेरले एकान्तमा लगेर मुख थुनेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतले उनलाई शुक्रबार पुर्पक्षका लागि कारागार पठाएको छ । यस्तै सुनसरीको इनरुवा–१० घर भई तुम्लिङटारमा काम गर्दै आएका २२ वर्षीय साबिर मियाँलाई १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले साउन २ गते पक्राउ गरेको थियो । 

उनलाई अदालतको आदेशमा बुधबार पुर्पक्षका लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

वर्कशपमा काम गर्ने मियाँले सिन्धुलीकी बालिकालाई लिएर तुम्लिङटार पुगेका थिए । गत असार २६ गतेदेखि हराएकी बालिकालाई प्रहरीले खोजी गरिहेको थियो । 

बालिकाको परिवारले खोजतलासका  लागि प्रहरीलाई निवेदन दिएका थिए । यस्तै सिलिचोङ–३ निवासी २५ वर्षीय विकास राईलाई १३ वर्षीया बालिकालाई बरात्कार गरेको आरोपमा कारागार पाठाइएको छ । 

राईलाई बुधबार नै अदालतको आदेशमा कारागार चलान गरिएको प्रहरीले बताएको छ । 

जिल्ला प्रहरी कार्यालयका निरीक्षक रामप्रसाद लामिछानेका अनुसार साउन ४ गते राईले बालिकालाई धाकधम्की दिएर जबरजस्ती करणी गरेको पीडित परिवारले प्रहरीलाई जाहेरी दिएको थियो । 

४ गते पक्राउ परेका राई २८ गते कारागार चलान भएका छन् ।

View : 435

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved