विराटनगर । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफनो घरायसी उपकरण ब्रान्ड सीजी मेरिडिया अन्तर्गत नेपालको पहिलो कृत्रिम बुद्धिमत्ता –एआई) सञ्चालित एयरफ्रायर सार्वजनिक गरेको छ ।
आधुनिक नेपाली भान्सालाई अझ स्मार्ट, स्वास्थ्यकर र समय बचतपूर्ण बनाउने उद्देश्यसहित बजारमा आएको एयरफ्रायरले घरेलु पकाइ प्रविधिलाई नयाँ स्तरमा पु¥याउने कम्पनीको दाबी छ ।
सीजीको यो नयाँ मोडेलमा १८०० वाट पावर र ८ लिटर क्षमताको नन–स्टिक बास्केट रहेको छ ।
यो पहिलो पटक नेपालमा एआई (कृत्रिम बुद्धिमत्ता) र आइओटी (इन्टरनेट अफ थिङ्स) प्रविधि संयोजन भएको एयरफ्रायर हो ।
यसमा जडान गरिएको इन्टरनल क्यामेरा र स्मार्ट सेन्सरहरू मार्फत प्रणालीले खानाको प्रकार र तौल पत्ता लगाएर तापक्रम र पकाइ समय आफैं समायोजन गर्छ ।
कम्पनीका अनुसार, यसले हरेक पटक उत्तम, सटिक र स्वादिष्ट परिणाम दिन्छ ।
मोबाइलबाटै नियन्त्रण
प्रयोगकर्ताले सीजी स्मार्ट होम एपमार्फत यस एयरफ्रायरलाई रिमोट कन्ट्रोल गर्न सक्छन् ।
मोबाइलबाटै पकाइ मोड, तापक्रम र समय सेट गर्न सकिने भएकाले प्रयोगकर्तालाई थप सुविधा मिल्ने कम्पनीको भनाइ छ ।
४० वर्ष भन्दा बढी समयदेखि नेपाली बजारमा सक्रिय सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवालाई आफ्नो पहिचान बनाएको छ ।
देशभरका २० वटा आधुनिक शोरुम र ४० वटा सेवा केन्द्रहरू मार्फत कम्पनीले बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ । साथै, अनलाइन खरिदका लागि कम्पनीले आफ्नो वेबसाइटमार्फत सेवा विस्तार पनि गरेको छ ।
सीजीका अनुसार, सीजी मेरिडिया स्मार्ट एयर फ्रायर ले नेपाली भान्सामा स्मार्ट पकाउनुहोस्, स्वस्थ खानुहोस् भन्ने नयाँ युगको सुरुवात गरेको छ ।
View : 233
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved