Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त

उद्घोष सम्वाददाता
१५ जेठ २०८१, मङ्गलवार

विराटनगर । सर्वोच्च अदालतले  गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ ।

साथै अब गण्डकी प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्क्री नियुत्त गर्न परमादेश दिएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए । जबकि संविधान अनुसार  बहुमतका लागि ३१ प्रदेशसभा सदस्यले समर्थन गर्नुपर्ने थियो । 

सभामुख प्रयोग भएर खगराजलाई विश्वासको मत दिलाएपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च गएका थिए ।

सोमबार भएको सुनुवाइपछि सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनील पोखरेलको इजलासले खगराजलाई पदमुक्त गर्दै ठूलो दलको हैसियतमा सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्क्री नियुत्त गर्न परमादेश जारी गरेको हो । 

यसअघि कोशी प्रदेशसभाका   तात्कालिक सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रदेश गरेर बहुमत सिद्ध गर्न खोज्दा तत्कालिन मुख्यमन्त्री उद्धव थापालाई सर्वोच्च अदालतले पदमुक्त गरिदिएको थियो ।

त्यसपछि सभामुख गौतमले राजीनामा दिएपछि सभाध्यक्षको भूमिकामा रहेका कांग्रेस सांसद इसरायलम  मन्सुरीले मुख्यमन्त्री थापालाई दिएको  विश्वासको मत पुनः सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।

View : 158

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved