Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

राजवंशी चलचित्र महोत्सव

उद्‌घोष सम्वाददाता
२३ भदौ २०८१, आइतवार

विराटनगर । विराटनगरमा आयोजित प्रथम राजवंशी चलचित्र महोत्सवमा विराट राजवंशी भाषाका चलचित्रहरु प्रदर्शन गरिएको छ ।

राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजनामा शनिवार आयोजना गरिएको महोत्सवको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले उद्घाटन गरे । स्थानीय सिटी सिनेमामा आयोजित गरिएको महोत्सवमा विराट राजवंशी भाषाका तीन चलचित्र र एउटा वृत्तचित्र प्रदर्शन गरिएको छ ।

महोत्सवमा छनोटमा परेका तीन चलचित्रहरु ‘मोख’, ‘दुलारी’ र ‘पुल्टी’ नामक चलचित्र प्रदर्शन गरिएको छ भने विराट राजवंशी समुदायको पारम्परिक नृत्यको बिषयबस्तु समेटिएको ‘चोरकच्छी’ वृत्तचित्र प्रदर्शन गरिएको छ । महोत्सवको उद्घाटन अवसरमा बोल्दै मन्त्री अधिकारीले प्रदेश राजधानीमा राजवंशी भाषाको चलचित्र महोत्सव आयोजना हुनु सुखद बिषय रहेको बताउँदै आन्तरिक मामिला मन्त्रालयले भाषाभाषीको चलचित्रहरुलाई संरक्षण र प्रबर्द्धन गर्ने बताए ।

आयोजक राजवंशी चलचित्रकर्मी समाद समितिका अध्यक्ष दीपनारायण विराटराजवंशीले विराटनगरको सेरोफेरोमा आदिमकालदेखि बसोबास गर्ने विराट राजवंशीहरुको भाषा, संस्कृति दर्शाउने चलचित्रहरु समेटेर पहिलोपटक महोत्सव आयोजना गरिएको जानकारी दिए । राजवंशी समाज उत्थान समितिका केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डल विराट राजवंशीले चलचित्रमार्फत भाषा,संस्कृतिको संरक्षण तथा विकासको प्रयास स्वरुप महोत्सव आयोजना गरिएको बताए ।

बरिष्ठ चलचित्र निर्देशक केशव रायमाझीले मूलधारको चलचिक्रका निर्माता,निर्देशक र कलाकारहरुलाई समेटेर राज्यले क्षमता अविबृद्धिका अनेकौं कार्यत्रमहरु सञ्चालन गर्ने तथा सुविधाहरु उपलब्ध गराए जस्तै स्थानीय भाषाका चलचित्रकर्मीहरुका लागि पनि त्यस्ता कार्यक्रमहरु ल्याउनुपर्ने आग्रह गरे ।

नेपाल आदिवासी जनजाति महासंघ कोशी प्रदेशका उपाध्यक्ष ध्रुव चौधरीले कोशी प्रदेश कलाकारहरुको खानी रहेको बताउँदै भाषाभाषीको चलचित्रको संरक्षण तथा प्रबर्द्धनमा प्रदेश सरकारले बिशेष भूमिका खेल्नुपर्ने बताए ।

महोत्सवमा चारजनालाई सम्मान समेत गरिएको छ ।  सम्मानित हुनेमा चलचित्र प्राविधिक पुरुषोत्तम भण्डारी, कलाकार राजकुमार वन, निर्माता छविराज ओझा र मिस्टर नेपाल २०८१ का प्रथम उपविजेता आदेश प्रधान छन् ।

View : 110

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved