काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अंकले बढेर दुई हजार ५७१ दशमलव ३४ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४८ प्रतिशतको वृद्धि हो ।
मंगलबार ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर ४७ हजार ९४ पटक खरिदबिक्री हुँदा चार अर्ब ५७ करोड ३९ लाख ४३ हजार ४०५ बराबरको कारोबार भएको छ ।
व्यापार समूह बाहेक आज अन्य सबै समूहको उपसूचक बढेको छ ।
आजको कारोबारमा न्यादी हाईड्रोपावर लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सबैभन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेडको शेयर मूल्य ६ दशमलव ३६ प्रतिशतले घटेको छ । रासस
View : 258
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved