Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

पारिश्रमिक सहकारीको अध्यक्षमा पुन: आचार्य

उद्घोष सम्वाददाता
६ कार्तिक २०८१, मङ्गलवार

सुन्दरहरैंचा । सुन्दरहरैंचा–१० मा रहेको पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभाले भीमप्रसाद आचार्यलाई पुन: अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । 

साधारण सभाले आगामी चार वर्षे कार्यकालका लागि आचार्यलाई पुन: अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । सभाले १४ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको उल्लेख गरिएको छ ।

संस्थाको उपाध्यक्षमा सरोज चौधरी, सचिवमा केशवप्रसाद तिम्सिना र कोषाध्यक्षमा रूपादेवी उप्रेती रिजाल निर्वाचित भएका छन् । सदस्यहरूमा कमला खड्का, जमुनादेवी कोइराला, विमला चौहान क्षेत्री, कृष्णप्रसाद भट्टराई, छत्रबहादुर काफ्ले, भीमगोपाल ढकाल र सिर्जना सुवेदी ढकाल चयन भएका छन् ।

साथै लेखा समिति संयोजकमा मोहन चौधरी, सदस्यहरू कालीप्रसाद आचार्य र चेतकुमारी पराजुली निर्विरोध निर्वाचित भएका छन् । 

कार्यक्रममा संस्थाका अध्यक्ष आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा हाल ७ सय ७७ शेयर सदस्य रहेका छन् ।

शेयर पुँजी २ करोड ६९ लाख ८० हजार र बचत निक्षेप ७ करोड ७ लाख ५० हजार ६३५ रूपैयाँ रहेको छ ।

View : 90

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved