विराटनगर । सगठित हिन्दू समर्थ नेपाल भन्ने नाराकासाथ हिन्दू स्वयम्सेवक संघ नेपालको आयोजनामा विराटनगर–१४ जतुवास्थित गुरुकल माविमा सात दिने आवासीय प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ ।
विद्यार्थीलाई हिन्दू धर्मको संस्कार अनुसार सिकाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको हिन्दू स्वयम्सेवक संघ नेपालका राष्ट्रिय अध्यक्ष कल्याण तिम्सिनाले पानसमा बत्ती बालेर उदघाटन गरेका थिए ।
त्यसैगरी मोरङ सुनसरी अध्यक्ष केशवसिंह सुवाल, पूर्व प्रदेश स्वाथ्यमन्त्री तथा सेवा प्रमुख जयराम यादवले शुभकामना दिएका थिए ।
कार्यक्रममा समाजसेवीहरु सुरेशकुमार शर्मा, नन्दकिशोर राठी, महेन्द्रप्रसाद साह, वडा नम्बर १४ का अध्यक्ष सूर्यनारायण महतो लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमा मोरङका बिभिन्न विद्यालयका १५० भन्दा बढी विद्यार्थी पनि सहभागी रहेको कोशी प्रदेश प्रचारक प्रमुख मुकेशकुमार साहले जानकारी दिए । प्रशिक्षण असोज ३१ गतेसम्म चल्ने बताइएको छ ।
View : 446
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved