इटहरी । पेशागत बीमा अभिकर्ता संघ बिमक नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कोशी प्रदेश स्तरीय भेलाले किशन शाहीको संयोजकत्वमा २१ सदस्यीय कोशी प्रदेश कमिटी चयन गरेको छ ।
सोमबार इटहरीमा सम्पन्न नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध अभिकर्ताहरूको कोशी प्रदेशस्तरीय पहिलो भेलाले सो कमिटी गठन गरेको हो ।
समितिको उपाध्यक्षहरूमा सूर्यवहादुर घिमिरे, युवराज डंगोल (दमक), महिला उपाध्यक्षमा एलिसा आले मगर (उर्लाबारी), सचिव यमकुमार राई (विर्तामोड), सहसचिवमा ध्रुवकुमार अधिकारी (दमक), चन्दा रबिदास (विराटनगर), केवी ठकुरी (गाईघाट) र कोषाध्यक्षमा देवेन्द्र प्रसाई चयन भएका छन् ।
सदस्यहरूमा जेवी राई(खोटाङ), नारायण प्रसाद खरेल (दमक), धनवहादुर तामाङ, पूर्ण लिम्बू (लेटाङ) सन्तवहादुर तामाङ (इटहरी), भोला साह(इटहरी), पवित्रा प्रसाई(ताप्लेजुङ), भरत कडेल, शत्रुघन श्रेष्ठ (विराटनगर), चित्रसेन राई, सुवास राई र कविता अर्याल चयन भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरूलाई पेशागत बीमा अभिकर्ता संघका केन्द्रीय उपाध्यक्ष दिपक अर्यालले बधाई तथा शुभकामना दिएका थिए ।
View : 62
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved