विराटनगर । नेकपा एमाले मोरङले १७ वटै पालिकाका पदाधिकारी र इञ्चार्जहरूलाई प्रशिक्षण दिएको छ । सोमबार पार्टी कार्यालय पाञ्चालीमा पालिका स्तरीय प्रशिक्षण सम्पन्न भएको जिल्ला संगठन कमिटीका सचिव रविन थापाले जानकारी दिए ।
एमालेको सांगठानिक कामलाई नयाँ गतिमा लैजानका लागि महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको उनले बताए । उनले एमालेलाई जनताको भरोसाको पार्टी बनाउन वडादेखि नै अभियानहरू सम्पन्न गरी जिल्लास्तरीय प्रशिक्षण आयोजना गरिएको उनले बताए ।
स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राई, केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरे, केन्द्रीय सदस्य नैनकला ओझा, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, जिल्ला संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीलगायतले पार्टी परिचालनसम्बन्धी नीति र अभियानका बारेमा जानकारी दिएका थिए ।
उनीहरुले आगामी २०८४ को निर्वाचन केन्द्रित भएर पार्टीका कार्यक्रमहरु अघि बढाउन जिल्ला कमिटीलाई निर्देशन दिएका थिए । उक्त अवसरमा पालिका इञ्चार्जहरुले पार्टीको संगठनलाई अझ बलियो बनाउने योजनाहरु प्रस्तुत गरेको जनाइएको छ । साथै पालिकामा पार्टीको अवस्थाबारे जानकारी प्रशिक्षण कार्यक्रममा जानकारी गराएको पनि सचिव थापाले बताए ।
जिल्ला कमिटीले तयार पारेको कार्ययोजना अनुसार एमालेले मोरङको १७ वटै पालिकाका १ सय ६९ वटा वडाका पदाधिकारी र वडा इञ्चार्जहरुलाई प्रशिक्षण सम्पन्न गरिसकेको जनाइएको छ ।
View : 301
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved