विराटनगर । मोरङ जिल्ला टेबलटेनिस संघ औपचारिक रुपमा दर्ता भएको छ ।
विकेन थापाको अध्यक्षतामा २०८० चैत २४ मा गठन भएको संघ जिल्ला खेलकुद विकास समितिमा दर्ता भएको जनाइएको छ ।
दर्ता भएको समितिको उपाध्यक्षमा गौरी क्षेत्री मास्के, सचिवमा सत्यनारायण राजभण्डारी, कोषाध्यक्षमा विशाल केडिया रहेका छन् ।
त्यस्तै सदस्यहरूमा पंकज सापकोटा, अनुज बानियाँ र अमितकुमार बोथरा छन् ।
संघको सल्लाहकारमा ध्रुव क्षेत्री, डा. मनोज कुमार लाखे र नवीनकुमार रेग्मीलाई मनोनित गरिएको मोरङ जिल्ला टेबल टेनिस संघका अध्यक्ष विकेन थापाले बताए । उनले जिल्ला खेलकुद विकास समितिमा दर्ता नम्बर १४ मा संघ दर्ता भएको जानकारी दिए ।
View : 881
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved