Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

तरकारीको गाडीबाट गाँजा बरामद

उद्‌घोष संवाददाता
३२ असार २०८२, बुधवार

उदयपुर । उदयपुरको कटारी नगरपालिका–२ स्थित सिद्धिचरण लोकमार्गमा जाँचको क्रममा प्रहरीले तरकारी बोकेको बलेरो गाडीबाट ४ सय ३६ किलो १ सय ४० ग्राम लागुऔषध गाँजा बरामद गरेको छ । 

सोमबार अपरान्ह कटारीबाट सिरहाको मिर्चैयातर्फ जाँदै गरेको को.१ज १२७५ नम्वरको तरकारी बोकेको बलेरो गाडीलाई शंका लागी जाँच गर्दा उक्त गाडीबाट १२ वटा बोरामा लुकाई लैजादै गरेको ४ सय ३६ किलो १ सय ४० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो ।

गाँजा बरामद भएसँगै गाडी र चालक धनकुटा सहिदभूमि–२ का २९ बर्षीय तेज राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको बताइएको छ ।

यसैगरी झापाको बिर्तामोड नगरपालिका–६ बाट लागुऔषध खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सोमबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले जाँचको क्रममा २ सय ६० मिलिग्राम खैरो हेरोइनसहित बिर्तामोड–३ का १९ बर्षीय लाड्ला मियाँ र २० बर्षीय ममताज मियाँलाई पक्राउ गरेको हो ।

View : 370

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved