Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

उदयपुरको त्रियुगा–१२ म माओवादी केन्द्रका राई निर्वाचित

उद्‌घोष संवाददाता
१७ मंसिर २०८१, सोमवार

Advertisement

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका नविनकुमार वान्तवा राई निर्वाचित भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनबाट राई ९२३ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मी नारायण चौधरीले ६०८ मत प्राप्त गरे ।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसका सञ्जीव काफ्लेले ३५९, नेकपा एसका निर्मला चौधरीले ३१२, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलले २०२, स्वतन्त्र उम्मेदवार बजरङ्गी कुमार दासले ३०, जनमत पार्टीका प्रमोद मलाहा सहनीले २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबाबु साहले १७ र नागरिक उन्मुक्ति पार्टीका चन्द्रकला चौधरीले ७ मत प्राप्त गरेका छन् ।

यहाँ नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष चुडाराज काफ्लेको मोटरसाइकल दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।

View : 410

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved