Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

आइतबार विद्यालय खोल्ने उर्लाबारी नगरपालिकाको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

उद्‌घोष संवाददाता
१२ असार २०८३, शुक्रवार

Advertisement

विराटनगर । उच्च अदालत विराटनगरले मोरङको उर्लाबारी नगरपालिकाले गरेको आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र प्रकाशचन्द्र अधिकारीको इजलासले शिक्षक महासंघ उर्लाबारी नगर समितिका अध्यक्ष मणिराज दाहालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

उर्लाबारी नगरपालिकाले नगर कार्यपालिकाको मिति २०८३ जेठ १९ को निर्णयअनुसार आइतबार  विद्यालय संचालन गरी पठनपाठन बाहेक अतिरिक्त क्रियाकलाप गर्ने गरी विद्यालय संचालन गर्न पालिकाभित्रका सवै विद्यालयलाई निर्देशन गरिएको थियो । 

तर नेपाल सरकारले आइतबार बिदा दिने निर्णय गरेको अवस्थामा शिक्षा नियमावलीको दफा ८५ को उपदफा (१) मा सार्वजनिक विदा तोकेको दिन विद्यालय हुने भनि उल्लेख भएको र २०८२ चैत २३ गतेबाट लागू हुने गरी शैक्षिक संस्थामा समेत शनिबार र आइतबार विदा दिने निर्णय भएको उच्च अदालतको अन्तरिम आदेशमा उल्लेख छ । 

उच्च अदालतले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म नगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । 

त्यस्तै अदालतले आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय तहको अधिकारभित्र रहने संवैधानिक व्यवस्थाबाट नेपाल सरकारले सार्वजनिक विदा हुने भनी निर्णय गरेका दिनहरूमा स्थानीय तहले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरी कार्यन्वयन गर्न सक्ने नसक्ने भन्ने विषयमा रिट निवेदनमा अन्तिम टुंगो लाग्दा निरुपण हुने उल्लेछ ।

आदेशमा सवै बिपक्षीहरूको लिखित जवाफ प्राप्त भएपछि १५ दिनभित्र पेशी तोक्ने गरी रिटलाई अग्राधिकार प्रदान गरिएको जनाइएको छ ।

View : 189

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved