विराटनगर । विराटनगरमा औद्योगिक प्रदर्शनी तथा व्यापार मेला हुने भएको छ । साझा प्रयास नेपालको आयोजनामा चैत २५ देखि बैशाख १० गतेसम्म विराटनगर महानगरपालिका–४ आयल निगम पश्चिमतर्फको खाली जग्गामा औद्योगिक प्रदर्शनी हुने जनाइएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त संस्थाकी अध्यक्ष आशा खड्काले व्यापार व्यवसायलाई चलायमान बनाउन मेला आयोजना गर्न लागिएको जानकारी दिइन् ।
मेलामा ८० वटा बढी स्टलहरू रहने जनाइएको छ । त्यसैगरी तीन लाख बढी दर्शकले अवलोकन गर्ने र ६९ लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरेको जनाइएको छ ।
मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेसिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, मोबाइल तथा सूचना प्रविधि, टेक्सटाइल्स, गार्मेन्ट्स तथा फुटवेयर, फर्निचर तथा फर्निचरका सामग्री, निर्माण सामग्री, शैक्षिक, स्वास्थ्य तथा बैंक तथा वित्तीय संस्था, होटल रेष्टुरेन्ट समेतको स्टलहरू रहने जनाइएको छ ।
View : 493
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved