विराटनगर । कोशी प्रदेशका पूर्व सांसदहरु संगठित भएका छन् । उनीहरूले पूर्वसभामुख प्रदीप कुमार भण्डारीको संयोजकत्वमा १३ सदस्यीय पूर्व सांसद मञ्च गठन गरेका छन् ।
आइतबार विराटनगरमा आयोजित प्रदेश सभाका पूर्व सदस्यहरूको भेलाले प्रदेशस्तरमा पनि मञ्च गठन भएको हो ।
मञ्चको सदस्यहरूमा पूर्व उपसभामुख सरस्वती पोखरेल, राजीव कोइराला, विन्दीया कार्की, लक्षुमन तिवारी, जयराम यादव, विजय विश्वास, राजकुमार ओझा, इन्दिरा राई, सरिता थापा, जसमाया गजमेर, कुसुम श्रेष्ठ र बिमल कार्की रहेका छन् ।
उक्त कार्यक्रममा पूर्व सांसद मञ्चका कार्यवाहक केन्द्रीय अध्यक्ष विष्णु बहादुर राउत, कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवार लगायतका कोशी प्रदेश सभाका पूर्व सांसदहरुको सहभागिता रहेको थियो ।
View : 88
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved