इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीले प्राध्यापकहरुका लागि तीनदिने क्षमता अभिवृद्धि कार्यशाला आइतबार सम्पन्न गरेको छ । प्राध्यापक क्षमता विकास कार्यक्रम अन्तर्गत परिणात्मक अनुसन्धान विधिलाई सहयोग पुर्याउने उद्देश्यका साथ संरचनात्मक समीकरण मोडेलिङ (एसईएम) कार्यशाला गरिएको हो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विकास केसीले उद्घाटन गरेको सो अनुसन्धानात्मक विधि सम्वन्धी एसईएम कार्यशालामा इटहरीका ६ क्याम्पसका ३५ प्राध्यापकहरु सहभागी थिए ।
डा निरञ्जन देवकोटा र डेविड बस्यालले सहजीकरण गरेको कार्यशालामा जनता क्याम्पस, कोशी सेन्ट जेम्स, नमूना कलेज, विश्व आदर्श, कस्तुरी एकेडेमी, राष्ट्रिय जनसहयोग कलेजका प्राध्यापकहरुले सहभागिता जनाएका थिए ।
जनता क्याम्पस अनुसन्धान व्यवस्थापन समिति (आरएमसी) को संयोजनामा आयोजनामा भएको सो कार्यशालामा सहभागी शान्तिराम दाहाल, मोहन नेपाल, केदार अधिकारीले कार्यक्रम उपलब्धीमूलक रहेको बताए ।
जनता क्याम्पस प्रमुख प्राडा गीता अधिकारीले गुणस्तरीय शिक्षाको लागि प्राध्यापकको क्षमता वृद्धि अनिवार्य शर्त भएको बताउँदै क्याम्पस प्रशासनले यस्ता अनुसन्धानमूलक कार्यशालालाई प्रोत्साहन गर्दै आएको बताइन् ।
सहायक प्रमुख डा टोलनाथ काफ्लेले प्राध्यापकहरुको मिहनेतकै कारण शैक्षिक क्षेत्रमा जनता क्याम्पसको नाम उज्वल हुँदै गएको बताए ।
आयोजक जनता क्याम्पस आरएमसीका संयोजक इन्द्र प्याकुरेलले कार्यशालामा सहभागी भएका प्राध्यापकहरु उत्साहित भएको बताउँदै त्यसको प्रभाव विद्यार्थी हुँदै समाजसम्म प्रत्यक्ष पुग्नेमा आशावादी भएको बताए ।
View : 427
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved