Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नाकबाट रगत बगेपछि हरिवंश आचार्य विराट नर्सिङ होममा भर्ना

उद्घोष सम्वाददाता
६ साउन २०८१, आइतवार

विराट अस्पतालमा भर्ना भएका हरिवंश आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिंदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की । तस्वीर: मुख्यमन्त्रीको सचिवालय

विराटनगर । बरिष्ठ हास्य कलाकार हरिवंश आचार्य विराटनगरमा अस्पताल भर्ना भएका छन् । उनको नाकबाट रगत बगेपछि आइतबार बिहान उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम (विराट अस्पताल) भर्ना भएका हुन् ।

अस्पताल स्रोतका अनुसार कलाकार आचार्य शनिबार राती नाकबाट रगत बगेपछि अस्पताल पुगेका थिए । उनी सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका थिए ।

आइतबार बिहान नुहाउने क्रममा पुनः नाकबाट रगत बगेपछि अस्पताल भर्ना भएका हुन् । कलाकार आचार्यसँगै मदनकृष्ण श्रेष्ठ पनि केहिदिनदेखि विराटनगरमा रहेका छन् । 

विराटनगरको हिमगिरी हाइजिन प्रालिद्वारा उत्पादित साबुनको ब्रान्ड एम्बेसडर नियुक्ति भएर सम्झौता पत्र आदान प्रदान गर्न महजोडी विराटनगरमै रहेका छन् ।

हरिवंश अस्पताल भर्ना भएपछि मदनकृष्ण आइतबार बिहान विराट अस्पताल पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । 

अस्पताल भर्ना भएका आचार्यलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समेत भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । 

आचार्य अस्पतालमा भर्ना भएपछि विराट अस्पतालका फिजिसियन डा. राजिव कुमार साहले उनको स्वास्थ्य जाँच गरेका हुन् । अस्पतालका अनुसार नाक कोट्याउँदा सानो नसामा चोट लागेर रगत बगेको हुनसक्ने जनाइएको छ । आचार्यको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

उनी आज अस्पतालमै भर्ना भएर बस्ने पनि जनाइएको छ । 

View : 306

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved