काठमाडौँ, २७ भदौ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ ।
बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा १५ ले बढेको छ । बुधबार प्रतितोला एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ९५ निर्धारण भएको छ । रासस
View : 144
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved