Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

धरानको भाटभटेनीभित्र भेटियो जलेको कंकाल

उद्‌घोष संवाददाता
२७ भदौ २०८२, शुक्रवार

विराटनगर । जेनजी समुहका उग्रप्रदर्शनकारीले आगजनीबाट जलेको धरानस्थित भाटभटेनी सुपरमार्केटभित्र जलेको अवस्थामा मानव कंकाल भेटिएको छ ।

कंकाल भेटिएपछि भाटभटेनीभित्र प्रदर्शनकारीले गरेको आगजनीबाट मानिसको मरेको पुष्टि भएको छ ।

धरान नगरपालिकाका नगर रक्षकहरूसहितको सुरक्षाकर्मी, भाटभटेनीका कर्मचारी र स्थानीयको सहयोगमा भइरहेको सरसफाईका क्रममा भित्र जलेको अवस्थामा कंकाल भेटिएको हो ।

जलेको अवस्थामा भेटिएको कंकाल कसको हो भन्ने पहिचान खुलेको छैन । तोडफोडकै क्रममा भाटभटेनीभित्र छिरेका कम्तीमा चारजना प्रदर्शनकारीहरू फसेको आशंका गरिएको थियो । 

धरान उपमहानगरपालिका–१० पुतलीलाइनस्थित भाटभटेनी सुपरस्टोरमा शुक्रबार विहानसम्म पनि पूर्ण रुपमा आगो नियन्त्रणमा आउन नसकेको स्थानीयले जानकारी दिए ।

View : 424

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved