पाचौं मिल्स गोल्डकप
विराटनगर । घरेलु टिम पेमा स्पोर्टिङ क्लब विराटनगरमा जारी पाचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ ।
मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा सोमबार भएको खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर रानीलाई २–० गोलले पराजित गर्दै पेमा स्र्पोटिङ क्लब सेमिफाइलनमा पुगेको हो ।
जितको लागि पेमा स्पोर्टिङ क्लबका हरि खवास र अनिल परियारले समान १–१ गोल गरे ।
मंगलबारको खेल भारत बिहारको बाइएससी खाखा झील कटिहार र सुनसरी इटहरीको टीएफसी तालतलैयाबीच प्रतिस्पर्धा हुनेछ ।
View : 78
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved