Biratnagar, Morang, Nepal
९ वैशाख २०८२, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

इन्द्रपुर जेसिजको पदस्थापन

उद्‌घोष सम्वाददाता
२० पुष २०८१, शनिवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित इन्द्रपुर जेसिजको २३ औं तथा इन्द्रपुर जुनियर जेसिजको सातौंं पदस्थापन समारोह सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिज वर्ष २०२४ का अध्यक्ष उत्सव थापाले वर्ष २०२५ का अध्यक्ष आकाश दुलाललाई चेनसहित जेसिजको पदभार हस्तान्तरण गरेका थिए । 

त्यसैगरी जुनियर जेसिज वर्ष २०२४ का अध्यक्ष मदन भण्डारीले वर्ष २०२५ का अध्यक्ष आयुश अधिकारीलाई पदभार हस्तान्तरण गरे । पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिज वर्ष २०२५ का अध्यक्ष दुलालले आप्mनो कार्यकालमा नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत पुग्ने गतिविधिहरूलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । 

कार्यक्रममा विभिन्न व्यक्तिले स्थापना गरेको पुरस्कारबाट समाजमा विशेष योगदान पु¥याउने व्यक्तिलाई सम्मानित गरिएको थियो । 

महिला सशक्तिकरण संयोजकतर्फ नरदेवी अवार्ड जेसी बबिता दाहाललाई प्रदान गरिएको छ । सो अवार्ड पूर्व अध्यक्ष नारायण कार्कीले स्थापना गरेका हुन् । यस्तै पूर्व अध्यक्ष शिवप्रसाद, शारदाप्रसाद र यज्ञप्रसाद ढकालले स्थापना गरेको कृष्ण विन्दा आउटस्टेन्डिङ अवार्ड जनसम्पर्क अधिकारी दिवस रिजाललाई प्रदान गरिएको छ ।

त्यसैगरी पूर्वअध्यक्ष हेमचन्द्र घिमिरेले स्थापना गरेको शिवप्रसाद घिमिरे स्मृति अवार्ड कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने गौरव घिमिरेलाई प्रदान गरिएको छ । रमेश खड्काले स्थापना गरेको डि रत्न स्मृति अवार्ड पत्रकार खेमचन्द्र अधिकारीलाई प्रदान गरिएको छ ।

रामकृष्ण खड्काले स्थापना गरेको मातृका खड्का स्मृति छात्रवृत्ति पुरस्कार जनता मावि बुधबारेमा कक्षा ९ मा पढ्ने अभिषेक विश्वकर्मालाई प्रदान गरिएको छ । 

पूर्व अध्यक्ष रोहितकुमार शाहले स्थापना गरेको रामप्रसाद शाहु उत्कृष्ट जुनियर जेसी अवार्ड आशिष सुन्दासलाई प्रदान गरिएको छ ।

पदस्थापन कार्यक्रममा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, इन्द्रपुर जेसिजका पूर्व अध्यक्ष अर्जुन बस्नेत, नारायण कार्की, शिवप्रसाद ढकाल, छिमेकी शाखाका अध्यक्ष तुलसी निरौला जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलाल, अशोक शंकर, नगर प्रमुख केदारप्रसाद गुरागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

View : 214

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved