विराटनगर । विराटनगर महानगरपालिकाले बेरोजगार युवालाई स्वरोजगारमूलक बनाउन विभिन्न तालिम र योजना अघि सारेको छ ।
यसै सन्दर्भमा ई–रिक्सा मर्मत र गार्मेन्ट फेब्रिकेटर तालिमका लागि महानगरले हालै सूचना जारी गरेको छ । महानगर र स्वीस कन्ट्रयाक्ट स्टेप अफ परियोजनाको आर्थिक सहयोग र आसमान नेपालको समन्वयमा बेरोजगार युवाहरूलाई सीप तथा क्षमता विकासको तालिम सञ्चालन गर्न लागिएको महानगरले जनाएको छ ।
ई–रिक्सा मर्मत तालिमका लागि ४० र गार्मेन्ट फेब्रिकेटर तालिमका लागि ४० जनाको कोटा तोकिएको छ । तालिमका लागि विराटनगर महानगरमा स्थायी बसोबास गरेको व्यक्तिलाई पहिलो प्राथमिकता राखिने मेयर नागेश कोइरालाले बताए ।
ई–रिक्सा तालिमका लागि कम्तीमा ८ कक्षा पास गरेको र गार्मेन्ट फेब्रिकेटरका लागि सामान्य सिलाई कटाईको अनुभव भएको हुनुपर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराुजलीले जानकारी दिए । महानगरले यसअघि पञ्चेबाजा, सिलाई बुनाई, अगरबत्तीलगायत विभिन्न तालिम सञ्चालन गरेको थियो ।
View : 54
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved