Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

बुद्धिचालमा बूढानीलकण्ठका शर्मा प्रथम

उद्‌घोष सम्वाददाता
२९ साउन २०८१, मङ्गलवार

विराटनगर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विराट बुद्ध स्पोर्टिङ्ग क्लबले आयोजना गरेको विराटनगर महानगरका विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि बूढानीलकण्ठ अंग्रेजी माध्यमिक विद्यालयका आयुष शर्माले जितेका छन् ।

सोमबार विराटनगरस्थित सगरमाथा माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा विभिन्न विद्यालयका २६ विद्यार्थीलाई पछि पार्दै शर्माले प्रथम स्थान हासिल गरेका हुन् ।

प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालयका आर्यन श्रेष्ठ दोस्रो, सगरमाथा माध्यमिक विद्यालयका भानु गौतम तेस्रो र एजेलिया माध्यमिक विद्यालयका प्रज्ञान गुरागाईं चौथो भएका छन् ।

प्रतियोगितामा प्रथम हुने शर्मालाई ५ हजार १ सय, दोस्रो हुने श्रेष्ठलाई ३ हजार ६ सय, तेस्रो भएका गौतमलाई २ हजार १ सय र चौथो स्थानका गुरागाईंलाई १ हजार १ सय नगदसहित पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 

प्रतियोगिताका संयोजक तथा स्पोर्टिङ क्लबका कार्यसमिति सदस्य ग्याल्जेन डुक्पा लामाका अनुसार महानगरका ११ विद्यालयका २७ विद्यार्थी सहभागी  भएका थिए । 

यसअघि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेतले प्रतियोगिताको उद्घाटन गरेका थिए । 

प्रतियोगिताका विजयी खेलाडीलाई बुद्ध स्पोर्टिङ क्लबका अध्यक्ष रोहित कोइराला, विराटनगर–३ का वडाध्यक्ष वासुबहादुर बस्नेत, ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, नेपाल खेलकुद महासंघका विज्ञ आयोग सदस्य दिपेश बाँस्तोला, सगरमाथा माविका प्रधानाध्यापक त्रिलोचन गौतम र कोशी प्रदेश बुद्धिचाल संघका सदस्य राम मादेन लगायतले नगद, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।

View : 239

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved