Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

बाल संसारमा खेलकुद सप्ताह

उद्‌घोष संवाददाता
१ माघ २०८२, बिहिवार

विराटनगर । विराटनगर–५ चाँदनी चोक स्थित बाल संसार इङ्लिस बोर्डिङ स्कुलमा खेलकुद सप्ताह (स्पोर्टस् मिट) सम्पन्न भएको छ ।

पुस २४ गतेदेखि विद्यालय प्राङ्गणमा आयोजित बार्षिक खेलकुद कार्यक्रम बुधबार सम्पन्न भएको प्राचार्य खड्ग राईले जानकारी दिए ।

खेलकुद सप्ताहमा विद्यार्थीहरूले टेवलटेनिस, ब्याडमिन्टन, चम्चा दौड, २ सय मिटर दौड, डज वल, म्युजिक चेयर, चकलेट दौड, हिसाब दौड, बेलुन दौड, हट पोटेटो, कप टावर, पजल सल्भिङ आदि खेलहरूमा सहभागिता जनाएको प्राचार्य राईले बताए ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई प्रमाणपत्र, पदक प्रदान गरिएको थियो । खेलकुद कार्यक्रममा कक्षा पीजी देखि कक्षा ५ सम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।

बाल संसारले हरेक वर्ष विद्यार्थीको क्षमता विकासका लागि पठनपाठनका साथसाथै खेलकुद सहितका विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको प्राचार्य राईले जानकारी दिए ।
 

View : 79

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved