विराटनगर । लायन्स क्लब विराटनगर शुभममा शारदा दाहालको अध्यक्षतामा नयाँ समिति गठन भई सोमबारदेखि कार्य सुरु गरेको छ ।
नयाँ नेतृत्व सम्हाल्दै अध्यक्ष दाहालले आफ्नो कार्यकाललाई निस्वार्थ सामाजिक सेवामा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
निवर्तमान अध्यक्ष बिन्दु लाखेले नयाँ नेतृत्वलाई सामाजिक सेवा, समर्पण र मानवीय मूल्यलाई अझ सशक्त रूपमा अघि बढाउन शुभकामना दिइन् ।
नयाँ नेतृत्वले कार्यभार सम्हालेसँगै पहिलो सेवामूलक कार्यक्रमको रूपमा रक्तदान शिविर सम्पन्न गरेको छ ।
लायन्स शुभम र लायन्स क्लब विराटश्रीको संयुक्त आयोजनामा विराटनगर मेडिकल कलेजमा बिमला थापाको संयोजकत्वमा गरिएको कार्यक्रममा ४२ जनाले रक्तदान गरेको जनाइएको छ ।
View : 77
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved