६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण
विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार दिउ“सो बसेको बोर्डको बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेपछि सार्वजनिक गरेको हो ।
सार्वजनिक नतिजाअनुसार यस वर्ष कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बा“की ३८.८३ प्रतिशत विद्यार्थीले ’ननग्रेड’ ल्याएका छन् । बोर्डका अनुसार, यस वर्षको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी थिए । जसमध्ये १३ हजार ५०२ जनाले ‘ए प्लस’ ग्रेड र ५५ हजार ८९६ जनाले ‘ए’ ग्रेड ल्याएका छन् ।
यसपटक शिक्षकहरूको आन्दोलनका कारण वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा सरेर वैशाख २१ गतेबाट सुरु भएको थियो ।
‘ननग्रेड’ ल्याएका विद्यार्थीहरूको लागि ग्रेड वृद्धिको परीक्षा भदौ २८ र २९ गते हुने बोर्डले जनाएको छ ।
View : 344
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved