Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

सरकारले आह्वान गरेको अधिवेशन अघि नै कोशी प्रदेश प्रमुखद्वारा विशेष अधिवेशन आह्वान

उद्घोष सम्वाददाता
२९ चैत २०८०, बिहिवार

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बैशाख ६ गते कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका छन् । विपक्षी गठबन्धन दलका सांसदहरुको माग बमोजिम उनले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेका हुन् ।

चैत २६ गते एमाले र माओवादीका ५२ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारलाइ दिएको समर्थन फिर्ता लिदैं प्रदेशसभाको विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखलाइ लिखित निवेदन दिएका थिए ।

विपक्षी गठबन्धनले विशेष  अधिवेशन  माग गर्ने सुइको पाएलगत्तै मुख्यमन्त्री कार्कीले आगामी जेठ ११ गते कोशी प्रदेशसभाको नियमित बैठक बोलाउन प्रदेश प्रमुखलाइ सिफारिस गरेका थिए ।

‘कोशी प्रदेशसभाका एक चौथाइ भन्दा बढी कोशी प्रदेशसभा सदस्यहरुको चैत विसं २०८० चैत २६ गतेको लिखित अनुरोधमा माननीय प्रदेश प्रुमख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ३ बमोजिम सम्वत् २०८१ साल बैशाख  ६ गते बिहीबार दिनको १ बजे कोशी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्नु भएको छ’, बुधबार प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अलग–अलग समयमा प्रदेशसभाको अधिवेशन सिफारिस  प्रकरणले मुख्यमन्त्री कार्की  र  प्रदेश प्रमुख  खापुङबीच टकराव बढने संकेत देखिएको छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री कार्कीलाई अल्पमतमा परेको दावी गर्दै राजीनामा दिन वा विश्वासको मत लिन दबाब दिदै आएका छन् । मुख्यमन्त्री कार्की भने ती दुवै कुरालाई इन्कार गर्दै आएका छन् ।

View : 101

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved