Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

बालबालिकासँग जन्मोत्सव

उद्‌घोष संवाददाता
३० असोज २०८२, बिहिवार

Advertisement

सुन्दरहरैंचा । पछिल्लो समय महंगा होटेल तथा रेस्टुरेन्टमा गएर  भड्किलो शैलिमा जन्मोत्सव मनाउने चलन बिकसित हुँदै गएको अवस्थामा  मोरङ बेलबारीका डिल्लीबहादुर थापाले भने असहाय बालबालिकासँग बसेर आफ्नो जन्मोत्सव मनाएका छन् । 

पूर्व जनप्रतिनिधि रहेका थापाले इटहरी–४, स्थित निसहाय बालबालिका सेवा आश्रमका बालबालिकासँग बसेर आफ्नो ९३ औं जन्मोत्सव मनाएका हुन् ।

ओखलढुंगाको चिसङ्कुगढी गाउँपालिका–२ मा जन्मिएका थापा पछिल्लो समय बेलबारी–२, लालभित्ती, मोरङमा बस्दै आएका छन् । 

काइला छोरा हेमराजसँग बस्दै आएका उनी राजनीतिका माध्यमबाट समाज सेवा गर्दै आएका व्यक्ति हुन् । उनी साबिकको हरैंचा गाउँपञ्चायतका पूर्व उपप्रधानपञ्च हुन् ।

डिल्लीबहादुरकी काइँली बुहारी एलिजा थापाले भनिन्, ‘बुवाले लामो समयसम्म समाजसेवा गर्नुभयो, पछिल्लो समय केही अस्वस्थ्य रहेर घरमै आराम गरिरहनु भएको छ । 

गत वर्ष आमा बित्नुभयो । आमा बितेपछि बुवाले केही एक्लो महसुस गर्नुभएको जस्तो लाग्यो । त्यही भएर हामीले परिवार मिलेर बुवाको जन्मोत्सव बालबालिकासँग मनाउने योजना बनाइएका हौं ।’ 

निसहाय बालबालिका सेवा आश्रमकी संस्थापक गीता गौतमले यस्ता सामाजिक व्यक्तिको जन्मोत्सव मनाउन पाएकोमा आफूहरूलाई निकै खुसी लागेको बताइन् । 

थापाको परिवारले बालबालिकालाई खाजा खुवाउनुका साथै संस्थालाई केही आर्थिक सहयोगसमेत गरेको थियो ।

View : 527

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved