Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

संखुवासभामा पौडी खेल्ने क्रममा डुबेर दाजुभाईको मृत्यु

उद्‌घोष संवाददाता
७ वैशाख २०८३, सोमवार

विराटनगर । संखुवासभामा पौडी खेल्ने क्रममा डुबेर दाजुभाईको ज्यान गएको छ ।

मकालु गाउँपालिका–२ स्थित सुकेखोलामा पौडी खेल्ने क्रममा सोही ठाउँका १२ वर्षीय सुवाष राई र ४ बर्षीय आकाश राईको डुबेर ज्यान भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

आइतबार बेलुका पौडी खेल्ने क्रममा ढुंगाबाट चिप्लिएर खोलामा खसेका भाई आकाशलाई बचाउने क्रममा दाजु सुवाषको पनि ज्यान गएको प्रहरी निरीक्षक मेघराज अर्यालले बताए । 

घटना लगत्तै प्रहरी चौकी मकालु, इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी र स्थानीयवासीले दुवैलाई तत्काल सेदुवास्थित मकालु स्वास्थ्य केन्द्रमा पुर्याएर उपचार गर्ने क्रममा दाजुभाईकै निधन भएको जनाइएको छ ।

बालकहरूको शव पोष्टमार्टमका लागि सोमबार विहान जिल्ला अस्पताल संखुवासभा पुर्याइएको जनाइएको छ ।

View : 115

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved