Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पहिरो खस्दा मध्यपहाडी लोकमार्गको खोटाङ खण्ड अवरुद्ध

उद्‌घोष संवाददाता
२६ साउन २०८२, सोमवार

विराटनगर । अविरल बर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।

गएरातीदेखि भएको बर्षाले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित मध्य–पहाडी लोकमार्ग अवरुद्ध भएको हो । 

सडकको करीव १०० मिटर माथिबाट ठुलो–ठुलो ढुंगासहितको पहिरो खसेको प्रहरीले जनाएको छ ।

उक्त सडक खण्डमा ढुंगा माटो थुप्रिएर सडकमा १० मिटर ढाकेर पूर्ण रुपमा अवरुद्ध भएको जनाइएको छ । 

सोही पहिरोले दाम्ली–डिकुवा जाने भित्री कच्ची सडक खण्ड समेत २० जति पुरिएर पुर्ण रुपमा अबरुद्ध भएको जनाइएको छ ।

View : 373

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved