सेयर बजार करेक्सनतर्फ :
काठमाडौं । गत साता सूचक र कारोबार रकम लगातार घटेको सेयर बजारमा आइतबार सुधारका संकेत देखिएका छन् ।
सूचक दोहोरो अंकले घटे पनि कारोबार रकम गत साताको अन्तिम दिनका तुलनामा बढेको छ ।
नेप्से १८.०२ अंकले घटेर २७३९.९५ को विन्दुमा रहँदा ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधनबाहेकका सबै उपसमूहमा आएको गिरावटले बजार सूचक घटेको हो ।
विकास बैंक १.६९ र जलविद्युत १.१९ प्रतिशतले घटेको छ। २०८ कम्पनीको सेयरमूल्य घट्दा नारायणी विकास बैंकका लगानीकर्ता बढी नोक्सानमा रहे ।
उक्त बैंकको सेयरमूल्य ७.२९ प्रतिशतले घटेको छ । ४१ कम्पनीको सेयरमूल्य बढ्दा भने विकास हाइड्रोपावरका लगानीकर्ता फाइदामा छन् ।
उक्त कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेको छ। बजार कारोबारमा शीर्ष ५ कम्पनीको सूचीमा हिमालयन डिष्टिलरी पहिलो भएको छ ।
उक्त कम्पनीको १ अर्ब ७५ करोड ७९ लाखको सेयर किनबेच भएको छ । यस्तै नेपाल रिइन्स्योरेन्सको २४ करोड ४७ लाख, हिमालयन रिइन्स्योरेन्स २३ करोड ३५ लाख, बुटवल पावर १३ करोड ७३ लाख र शिवम् सिमेन्टको १२ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।
यसअघि गत बिहीबार नेप्से ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा रहँदा ५ अर्ब २ करोड १ लाख रुपैयाँको कारोबार भएको थियो ।
View : 352
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved