Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
वातावरण

न्याउरीलाई थापेको विद्युतीय पासोमा परेर हात्ती मरेको खुलासा

उद्घोष सम्वाददाता
३० साउन २०८१, बुधवार

विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ करमडाँडामा मङ्गलबार बिहान मृत भेटिएको हात्ती न्याउरी मुसालाई थापेको विद्युतीय पासोमा परेर मृत्यु भएको खुलेको छ ।

विनोद थापाको निजी बनभित्र मृत्यु भएको उक्त हात्तीको पोथी छावा मृत फेला परेको थियो । सव डिभिजन वन कार्यालय बेलबारीका प्रमुख वन अधिकृत दिपेशकुमार मिश्रले पासोमा हात्ती मरेपछि पासो थाप्ने स्थानीय ४६ वर्षीय तेजबहादुर राईलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेका राईले न्याउरी मुसोले कुखुरा खाइदिने गरेका कारण विजुलीको तार टाँगेर पासो थापेको प्रारम्भिक बयान दिएको जनाइएको छ । उक्त पासोमा हात्तीको छावा आएर पसेको र करेन्ट लागेर मृत्यु भएको जनाइएको छ । 

पक्राउ परेका राईलाई कारवाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । 

वन कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही गर्न थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।

View : 128

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved