विराटनगर । मोरङका औषधि व्यवसायीहरुले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको ध्यानाकर्षण गराएका छन् ।
नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) मोरङ र कोशी प्रदेश समितिले विभिन्न माग राख्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले स्वास्थ्य क्षेत्रका विषयमा सरोकार राख्ने औषधि व्यवसायीहरूलाई ऐन, कानून र नीति निर्माणको प्रक्रियामा सहभागी नगराइ प्रदेश सरकार र मातहतका कार्यालयले बेवास्ता गरेको गुनासो पनि गरेका छन् ।
स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन र कानून निर्माणमा संघलाई सम्मिलित गराउनु पर्ने, नीतिगत निर्णयहरूमा परामर्श र सहभागिता प्रदान गराउनु पर्ने लागयतको माग मुख्यमन्त्री कार्की समक्ष राखेका छौं, संघका मोरङ अध्यक्ष देशबन्धु ढकालले भने ।
संघले स्वास्थ्य क्षेत्रमा औषधि व्यवसायीहरूको महत्वपूर्ण भूमिकालाई पहिचान गर्न र भविष्यका नीतिगत निर्णयहरूमा उनीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न मुख्यमन्त्रीसमक्ष आग्रह गरेको छ ।
संघका कोशी प्रदेश अध्यक्ष धनराज काफ्ले र मोरङका अध्यक्ष देशबन्धु ढकालको नेतृत्वको टोलीले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउँदै औषधि व्यवसायीहरुका समस्या समाधानमा सहयोगी भूमिका खेल्न पनि आग्रह गरेका छन् ।
View : 136
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved